Logo

इरानमा कोरोनाबाट सरकारी तथ्यांकभन्दा तेब्बर बढी मृत्यु भएको खुलासा



एजेन्सी, २० साउन । कारोना भाइरसबाट विश्वभर छ लाखभन्दा बढी मानिसको मृत्यु भएको आधिकारिक तथ्यांक सार्वजनिक भएपनि त्योभन्दा बढीको मृत्यु भइसकेको आँकलन गरिदैछ । कतिपय देशको सरकारले नै तथ्यांक लुकाएको खुलासा हुन थालेको छ ।

इरानले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याको तथ्यांकलाई लुकाएर तीन गुणाले कम तथ्यांक देखाएको खुलेको हो । यसको खुलासा बीबीसीले आज गरेको छ ।

बीबीसीका अनुसार २० जुलाई सम्म इरानी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा मृतक संख्या १४ हजार चार सय पाँच देखाएको थियो । तर, इरानमा वास्तविक रुपमा ४२ हजारको संख्यामा कोरोना संक्रमितको ज्यान गएको छ ।

संक्रमितको संख्या सार्वजनिक गरे अनुसार दूई लाख ७८ हजार आँठ सय २७ देखाइएको छ । तर, संक्रमितको संख्या दोब्बर देखिएको छ । लुकाइएको तथ्यांक अनुसार इरानमा कुल संक्रमित संख्या चार लाख ५१ हजार २४ रहेको विषयलाई बीबीसीले उल्लेख गरेको छ । मध्येपूर्वका देशमध्ये इरान सबैभन्दा बढी कोरोना जोखिममा रहेको जनाइएको छ । उक्त तथ्यांक बीबीसीलाई अज्ञात स्रोतले पठाएको भनिएको छ । तथ्यांकमा प्रत्येक दिन अस्पताल भर्ना भएका रेकर्ड संगै नाम, लिङ्ग, लक्षण, मिति र अवधिलगायतका विषयहरु समावेश गरिएको थियो ।

ज्ञात स्रोतले कोरोना महामारीबीच चलिरहेको राजनीतिक गतिरोध अन्त गर्न समेत तथ्यांक पठाइएको भनिएको उल्लेख छ । इरानी स्वास्थ्या मन्त्री संक्रमणको सुरुवाती दौडमा इरान भित्रका सुरक्षा र गुप्चर निकायले दवाव सृजना गरेको चिकित्सकहरुले बीबीसीलाई बताएको उल्लेख गरिएको छ । संक्रमणको सुरुहुने बेलामा इरानमा टेस्टिङ किट र सतर्कता नरहेको जनाइएको छ । यसैगरी जनवरी २२ मा समेत डाटा लिक भएको थियो । तर, इरान स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको डाटा पारदर्शी रहेको दोहोराउँदै आएको छ ।Photo Source : BBC



प्रतिक्रिया दिनुहोस्