Logo

दक्षिण सिमामा कन्ट्रोल राम्रो भएन, तराईमा जोखिम बढ्यो –स्वास्थ्य मन्त्रालय



काठमाडौ, १९ साउन । स्वास्थ्य मन्त्रालयले कोरोना रोकथामको लागि सिमा नाकामा अपनाइएको सुरक्षा नितीको कार्यान्यनको विषयमा प्रश्न उठाएको छ । आज नियमित प्रेस विफ्रीङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले दक्षिण सिमामा कन्ट्रोल राम्रो नभएको भन्दै सम्बन्धित निकायलाई कन्ट्रोल गर्न आग्रह गरेका हुन् ।

गौतमले भने, ‘नेपालको दक्षिणी सिमामा राम्रोसँग कन्ट्रोल नभएको बुझिएको छ यसको लागि राम्रोसँग कन्ट्रोल गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछु ।’ उनले तराईका जिल्लाहरुमा कोरोनाको संक्रमणको जोखिम उच्च भएको भन्दै सिमा नाकाबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्र घर पठाउन आग्रह गरे । तराईका जिल्लाहरुमा कोभिड–१९ प्रकोप बढेको हुनाले प्रदेश सरकार तथा सम्बन्धित पालिकालाई १४ दिन क्वारेन्टाइनमा राखेर जाँच गरेर मात्र छाड्न आग्रह गरेका हुन् ।

गौतमले भने, ‘सिमा नाकामा रहेका पालिका र सम्बन्धित प्रदेश सरकारहरुले भारतबाट आउने नेपाली दाजुभाई दिदिबहिनीहरु तथा भारतीय लाई १४ दिन क्वारेन्टाइन राख्न, जाँच गरेर मात्र घर पठाउनु ।’ तराईका जिल्लामा कोरोना संक्रमण बढिरहँदा स्वास्थ्य प्रवक्ताको पछिल्लो भनाइ आएको हो ।



प्रतिक्रिया दिनुहोस्