Logo

कौडा र तास खेलिरहेको अवस्थामा पक्राउ



काठमाडौं, १९ साउन । कौडा र तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । काठमाडौंको टोखाका धर्म श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा धनुषा बट्टेश्वर घर भएका पुरन श्रेष्ठ समेत ४ जनालाई नगद १ लाख ८ हजार ५ सय ५० रुपैयाँ र १६ वटा कौडा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै बाजुरा गौमुलका बिज्याढुङ्गाका केशब रोकायाको पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका कलक रोकाया समेत ११ जनालाई नगद ५१ हजार २ सय ३५ रुपैयाँ र १ गड्डी तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा तास खेलिरहेकाहरुलाई ईलाका प्रहरी कार्यालय गौमुलेबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्