Logo

बाह्रबोर बन्दुक सहित रेस्ट्रोका संचालक पक्राउ



मुस्ताङ, १९ साउन । बाह्रबोर बन्दुक सहित सुरेश लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घरपझोङ जोमसोमबाट १ नाल बाह्रबोर बन्दुक सहित काभ्रेन्ड रेस्ट्रो एण्ड बार कफी सपका संचालक काभ्रेपलान्चोक चौरी देउराली घर भएका लामा पक्राउ परेका हुन् ।

कोठामा अवैध हतियार लुकाई राखेका लामालाई जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्