Logo

अक्षयको नयाँ फिल्म घोषणा, ८ वटा रिलिजको पर्खाइमा



एजेन्सी, १९ साउन । बलिउड अभिनेता अक्षयकुमारले एकपछि अर्को फिलममा साइन गर्दै आएका छन् । अझै ८ वटा फिल्महरु उनका लाइनमा छन् । जुन अझै रिलिज हुन बाकी छ । यसपछि अब उनको ९ फिल्म लाइनमा हुनेछन् ।

अक्षय कुमारले रक्षा बन्धनको अवसरमा आफ्नो ९ वटा फिल्मको घोषणा गरेका छन् र सायद यस फिल्मको पहिलो लुक फ्यानहरुलाई आज सेयर गरेका हुन् । यो फिल्म भाइबहिनी सम्बन्धि छ, जसको पोस्टर भाइचाराको चाडमा जारी गरिएको छ ।

रक्षाबन्धनको अवसरमा अक्षय कुमारले बहिनीहरुलाई सर्मपित फिल्म ‘रक्षा बन्धन’ घोषणा गरेका छन् । आनन्द एल रायको फिल्म ५ नंवबर २०२१ मा रिलीज हुनेछ । अभिनेता अक्षयले फिल्मको घोषणा गर्दै फिल्मको पोस्टर पनि रिलीज गरेका छन् । जसमा अक्षय ४ महिलाहरुसँग देखिन्छन् र उनी आफ्नै दिदीबहिनीहरुको साथमा देखिनछन् । यो फिल्म भाईबहिनीको सम्बन्धमा आधारित छ र फिल्मको नाम पनि रक्षा बन्धन हो ।

अक्षयले पहिलो लुक सेयर गर्दै लेखेका छन्, आफ्नी प्यारी बहिनी अल्कामा सर्मपित गर्दुछु, जसको साथमा मेरो दुनियामा खास सम्बन्ध छ । मेरो जिन्दगीको सबैभन्दा स्पेशल फिल्म दिने आनन्द एल रायलाई बिशेष धन्यवाद ।’



प्रतिक्रिया दिनुहोस्