Logo

सुशान्तको बहिनीले बचपनको फोटोका साथमा भावुक पोस्ट



एजेन्सी, १९ साउन । बलिउड कलाकार सुशान्त सिंह राजपुतले आत्महत्यापछि सबैले सम्झिरहेका छन् । उनी बहिनी श्रेता किर्ती सिंह सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । श्रेताले आज भाई सुशान्तको सम्झना सेयर गरेकी छिन्, जबकी सुुशान्तका केसमा पनि आवाज उठाइरहेकी छिन् ।

श्रेताले आज आफ्नो भाई सुुशान्तको सम्झना गर्दैै सानो हुँदाको तस्वीर भिडियो सेयर गरेकी छिन् । आज रक्षा बन्धनकोदिन आफ्नो बहिनीलाई भाईको सम्झना आएको छ ।

श्रेताले इन्स्टाग्राम एकाउन्टमा सुशान्तको बचपनको रक्षाबन्धनको तस्वीर सेयर गरेकी छिन् । साथमा सुशान्तको लागि भावुक नोटपनि सेयर गरेकी छिन् । उनले सुशान्तको फोटो सेयर गर्दै लेखेकी छिन्, सधै सम्झने छु । उनले लेखेकी छिन्, ‘ह्याप्पी रक्षाबन्धन मेरो भाई धेरै माया गर्छु र सधै गर्नेछु, तिमी थियौ, तिमी छौ र तिमी सधै हाम्रो गर्व रहनेछौ । ’

उनै श्रेताको ट्विटर एकाउन्टमा लेखेकी छिन्, ‘फर्केर आउ भाई । आज तिम्रो धेरै याद आइरहेको छ ।  ’श्रेता भाइको न्यायको लागि सामाजिक सञ्जाल मार्फत हंगामा चलाइरहेकी छिन् । उनले प्रधानमन्त्रीलाई ट्याग गरी सिबिआईले अनुसन्धान गर्न माग गरेकी थिइन् । सुशान्तको दिदी बहिनीहरु श्रेता हाल अमेरिका, रानी सिंह फरीदाबाद र मीतु सिंह मुम्बईमा बस्छन् ।



प्रतिक्रिया दिनुहोस्