Logo

खिचडीकी अभिनेत्री ऋचा पनि कोरोना संक्रमित



एजेन्सी, १९ साउन । कोरोना भाइरसको कहर लगातार बढ्दै गएको छ । टेलिभिजन र बलिउड कलाकारमा पनि कोरोनाले आफ्नो पावर देखाउन सफल भएको छ । केही टेलिभिजनका कलाकारहरु पनि कोरोनाको सुचीमा नाम जोडिएको छ ।

टिभी सिरीयल ‘खिचडी’ मा चक्कीको नामले लोकप्रिय कलाकार ऋचा भद्राको पनि कोरोना भाइरस जाँच गर्दा रिर्पोट पोजेटिभ आएको छ । उनको कोरोना पोेजेटिभ रिर्पोट आएपछि घरमा क्वारेन्टाइनमा गएकी छिन् । ऋचामा अलिअलि लक्षण देखिएपछि कोरोना जाँच गराउन गएकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन् ।

ऋचाले एक तस्वीर सेयर गर्दै बीएमसीले उनलाई कोरोना पोजेटिभ भएको जानकारी दिएको बताएकी छिन् । उनले पछिल्लो समयमा जो जो सम्र्पकमा आए उनीहरु सबैलाई कोरोना जाँच गराउन पनि आग्ह गरेकी छिन् । ऋचाले आफ्ना साथीहरुलाई छिटो निको होस भनी कामना गर्न पनि भनेकी छिन् । यसको साथै सबैलाई सुरक्षित रहन आग्रह गरेकी छिन् ।

बलिउडका कलाकारहरु कोरोना भाइरसको सिकार भएका छन् । भर्खरै मात्र अमिताभ बच्चनका परिवारमा पनि यसको चपेटामा परेका छन् । तर अमिताभ, ऐश्वर्या र आराध्याको भने रिर्पोट नेगेटिभ आएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्