Logo

१०४ वर्षकी बृद्धा पक्राऊ



मानिस जब कसैले अपराध गर्छ तब प्रहरीले गिरफ्तार गरी जेलमा बन्द गरिदिन्छ । अपराधमा असाध्यै बढी उमेरकाको संलग्नता कमै हुन्छ ।

यहाँ १०४ वर्षकी वृद्धालाई बिना अपराध प्रहरीले पक्राउ गरेको गिरफ्तार गरेको छ । यी महिलाको नाम एनी ब्रोकनब्रो हो । उनी चाहान्थिन प्रहरीले हातमा हत्कडी लगाएर आफुलाई प्रहरी थानामा लगोस् । उनले आफ्नो जीवनमा कुनै त्यस्तो गलत काम गरिनन् । जसको कारण प्रहरीले हत्कडी लगाएर लैजानु पर्ने । एक बृद्ध केयर होमले बृद्ध मानिसहरुको इच्छा पुरा गर्ने प्रयास गरेको हो । बृद्धहरुको बाँकी रहेका इच्छा सहितको फारम भर्न लगाउदा एनीले फारममा गिरफ्तारी हुन मन लागेको लेखेकी थिइन् ।

एनीको यस्तो इच्छा पुरा गर्न केयर होमले प्रहरीलाई जोडिदिएको थियो । प्रहरीले पनि उनको इच्छा पुरा गराउन गिरफ्तार गरीदिएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम