Logo

चोरले छतबाट पानी झिकेर नुहाएपछि…



मानिसहरु मिहेनतको साथ पैसा कमाएर घर जग्गा सम्पत्ति जोड्छन् । तर कैयौं पटक मेहेनतले कमाएको सम्पत्ति चारले चोरी दिन्छन् । आज हामी त्यस्तै चोरको कुरा गर्छौ ।

भोपालको साकेत नगरको इलाकामा चोरीको आश्चर्य लाग्दो तरीका बाहिर आएको छ जहाँ चोरी गरिएको छ । कसैको घरबाट बाल्टी र मग चोरेको छ भने कसैको घरबाट कपडा । चोर त्यति सामान बोकेर अर्को मानिसको घरमा पुगेर छतमा भएको ट्यांकिबाट पानी निकालेर नुहाई रहन्छ । कसैको घरका फ्रिजबाट खाना निकालेर खाएको छ ।

यस्तो समस्या लिएर त्यहाँका मानिसहरु प्रहरीकोमा गएपनि प्रहरीले उजुरी लिन मानेन । र प्रहरीले यसरी चोर्ने चोरलाई समात्न पनि मानेन । पछिल्लो समयमा उक्त इलाकामा स्थानियहरुले सिसि टिभीमार्फत चोरहरुको निगरानी गरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्