Logo

६ कुखरा पक्राउ, प्रहरीले रिहा गर्न मानेन



मानिसलाई त गल्ती गरेमा सजाय दिनलाई जेलमा थुन्ने गरिन्छ । तर जनावरलाई पनि यातना दिएको त कमै मात्रामा सुनेका छौ । आज हामी कुखुरालाई प्रहरीले नियन्त्रणमा लिएको चर्चा गर्छौं ।

यो घटना हरियाणाको हो । ६ वटा कुखुरालाई प्रहरीले थुनेको छ । वास्तवमा नुहमा मानिसहरुको एक समुह कुखुरालाई भिडाएर बाजी खेलेपछि प्रहरीलाई खबर आयो । प्रहरीलाई धेर जसो त्यस स्थानमा जुवा खेलेको खबर आइराख्थ्यो । कुखुरामा बाजी लगाएर सधै जसो लडाइरहन्थे ।

एकदिन त प्रहरीले लडाईरहेको अवस्थामा मानिसहरुसहित कुखुरालाई पनि समातेर थुनेको हो । रिर्पोटमा बताइएअनुसार उक्त गाउँमा केही समय अगाडि जुवाडेसहित ३५ हजार नगर र ६ वटा गाडी पनि बरामद गरेको थियो ।

समातिएका जुवाडे र ६ कुखुरालाई जिम्मेवार व्यक्ति नआएसम्म थुनिराख्ने प्रहरीले बताएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्