Logo

तरकारीको मुल्य झन् बढ्यो



काठमाडौं, १९ साउन । बजारमा तरकारीको मुल्य निरन्तर उकालो लागिरहेको छ । साउन महिना लागेसँगै तरकारीको मुल्य वृद्धि हुन थालेको हो । लामो समय सम्म लागेको लकडाउनले ग्रस्त भएका जनता तरकारीको मुल्य आकासीएकोले झन मारमा परेका छन् । आलु, प्याज, बोडी, करेला जस्ता तरकारीको मुल्य बढ्दा सर्व साधारण थप मारमा परेका छन् ।

कालिमाटी तरकारी तथा फलफुल बजारमा दैनिक कम्तीमा ५४ प्रकारका तरकारी तथा फलफुलको खरिद बिक्रि हुने व्यवसायी संघले जनाएको छ । दैनिक रुपमा प्रयोग हुने आलु, प्याज, हरियो खुर्सानी जस्ता तरकारीको मुल्य थोकमा नै ह्वात्तै बढेको हो ।

आज आलुको मुल्य ६७ रुपैयाँ प्रतिकिलो, गोलभेडा ६५ रुपैया प्रतिकिलो, प्याज ३२ रुपैयाँ प्रतिकिलो र बोडी प्रतिकजी १०२ रुपैयाँ पुगेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डले जनाएको छ ।

आजको मुल्य सुची:

 



प्रतिक्रिया दिनुहोस्