Logo

कोरोनाको उपचार : के हो प्लाज्मा थेरापी ? (भिडियोसहित)



साउन १९, काठमाण्डौ । विश्वभर फैलिएको कोरोना भाइरसलाई निस्तेज पार्ने उपाय अहिलेसम्म भेटिएको छैन । संक्रमितको उपचार कसरी सफल बनाउन सकिन्छ भनेर विश्वभरका वैज्ञानिकहरु अनुसन्धानमा छन् । यसक्रममा केही देशहरुले परिक्षण गरिसकेको प्लाज्मा थेरापी उपचार विधि नेपालमा पनि सुरु भएको छ । जसले चिकित्सकहरुलाई उत्साहित बनाएको छ ।

कोभिड नाइन्टिन रोगको उपचारका लागि प्लाज्मा थेरापी सबैभन्दा पहिले चीनमा प्रयोग गरिएको थियो । त्यसपछि भारतलगायतका देशहरुमा पनि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । थेरापीको उत्साहजनक परिणाम देखिएपनि नेपालमा पनि यो विधि अपनाउन सुरु गरिएको छ ।

कोभिड–१९ विरुद्घ प्रभावकारी खोप नबनेसम्म प्लाज्मा थेरापी कोरोना भाइरसका जटिल बिरामीका लागि प्रभावकारी उपचार हुन सक्ने अपेक्षासहित सुरु गरिएकोमा यसले नेपालमा पनि उत्साह जगाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट रेफर गरिएर त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको आईसीयूमा उपचाररत कोरोना संक्रमित बिरामीको स्वास्थ्यमा प्लाज्मा थेरापीपछि उल्लेखनीय सुधार देखिएको हो । शिक्षण अस्पतालको कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा.सन्तकुमार दासले प्लाज्मा थेरापीको ४८ घण्टापछि बिरामीको एक्स–रे प्रतिवेदनमा निमोनियामा करिब ७० प्रतिशत सुधार देखिएको थियो ।

उक्त विरामीमा आएको सुधार सगं अब अन्य कोभिडका विरामीलाई पनि उक्त विधिबाट उपचार गर्ने तयारीमा अस्पताल रहेको छ । एकपटक कारोना संक्रमित भई ठिक भैसकेकाहरु जो १८ वर्षभन्दा धेरै उमेरका व्यक्तिले प्लाज्मा दान गर्न सक्ने तथा उक्त व्यक्तिमा कोरोनाको लक्षण नहुनुका साथै दोहो¥याएर पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको र कोरोनामुक्त भएको १४ दिन पुगेको हुनुपर्ने डा. दास बताउछन् ।

प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो । कुनै पनि बिरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा उसमा पनि रोग प्रतिरोधी क्षमता विकास हुने र थप शक्तिसँग बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता यो विधिमा छ । सन् २०१४ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले इबोलाको उपचारको लागि पनि यो विधिको सिफरिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम