Logo

लगानी बोर्डको सिईओमा भट्ट नियुक्त



काठमाडौं, १९ साउन । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई सिइओमा नियुक्ति गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । भट्ट यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए।



प्रतिक्रिया दिनुहोस्