Logo

आज कुन–कुन प्रदेशमा बर्षा?



काठमाडौं, साउन १९ । देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकि भू–भागमा आज मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बादली रहेता पनि अपरान्ह पछि सामान्य बदली हुने देखिएको छ । आज प्रदेश नम्बर १,२ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, रातीसम्म देशभर सामान्य बदली रही सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यसैबीच, वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन समेत विभागले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्