Logo

अफ्रिकामा कोरोना संक्रमणबाट नेपालीको मृत्यु



काठमाडौं, २० साउन । कामका सिलसिलामा अफ्रिका पुगेका एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । पाँचथरका ३४ वर्षीय युवकको दक्षिण अफ्रिकामा मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघका अनुसार मृतक सर्फ बनाउने कारखानामा सुपरभाइजरका रुपमा कार्यरत थिए । जोहान्सबर्गमा उक्त घटना भएको हो ।

यसैगरी अफ्रिकी मुलुकहरु दक्षिण अफ्रिका, नाइजेरिया, आइभोरी कोष्ट र इजिप्टमा कार्यरत २२ नेपालीलाई कोरोना संक्रमण भइसकेको तथ्यांक छ । उनीहरुमध्ये १० जना संक्रमणमुक्त भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्