Logo

सुनको मूल्य प्रतितोला एक लाख पुग्दै



काठमाडौँ २० साउन: सुनको मूल्य वृद्धि भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार र सोमबार सुन प्रतितोला ९९ हजार ६०० रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको मूल्य मंगलबार पनि स्थिर रहेको छ । यस हफ्ता कारोबार सुरुभए संगै एकै मूल्यमा खरिदबिक्री भएकोमा मंगलबार पनि चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ तोकिएको छ । महामारीका कारण सुनको मूल्य अन्तराष्ट्रिय बजारमा बढेकाले नेपाली बजारमा पनि ऐतिहासिक रेकर्ड कायम गरिरहेको हो।-File Photo



प्रतिक्रिया दिनुहोस्