Logo

बालुवाटारमा प्रचण्डको लागि राखिएको कुर्सी खाली



काठमाडौं, २० साउन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथामका लागि चाल्ने कदमबारे विज्ञसँग परामर्शका लागि बालुवाटारमा बैठक डाके । उनले नेकपा अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि बैठकमा डाकेका थिए ।

प्रचण्डद्वारा बामदेवसँग भैंसेपाटीमा छ बुँदे प्रस्तावबारे छलफल

बैठकमा देउवा र ठाकुर पुगे । तर, प्रचण्ड पुगेनन् । उनको लागि तयार गरिएको सिट खाली रह्यो । आखिर प्रचण्ड किन बालुवाटारमा अनुपस्थित भए । ओलीले बालुवाटारमा कोरोना जोखिमसँग जुध्न आवश्यक कदम चाल्नेबारे छलफल गरिरहँदा प्रचण्ड भने भैंसेपाटी पुगेका थिए । नेकपा उपाध्यक्ष बामदेव गौतमको निवासमा प्रचण्डले ४५ मिनेट महत्वपूर्ण कुराकानी गरेका थिए । कुराकानी सकारात्मक भएको गौतम निकटस्थले बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्