Logo

‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)



काठमाडौं, २० साउन । रिपोर्टर्स क्लब नेपालमा गाइजात्रा विशेषमा बोल्दै हाँस्यव्यङ्ग्य कलाकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्ष नेताहरुप्रति कडा व्यङ्ग्य गरेका छन् । उनीहरुले नेताहरुले तीन सय ६५ दिन नै नक्कली गाइजात्रा देखाइरहेको भन्दै व्यङ्ग्य गरे । कलाकारहरुले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेताहरुलाई गल्ती गर्न नदिन समेत आग्रह गरे ।

हाँस्य कलाकार दमन रुपाखेतीले प्रधानमन्त्री केपी शर्मा ओली आफैमा गाइजात्रा भएको टिप्पणी गरे । उनले भने, ‘केपी बा आफैमा गाइजात्रा हुनुहुन्छ तर उहाँका धुपौरेबाट सावधान हुनुपर्छ ।’ औषधोपचारको पैसा नेताले खाएको र जनताले उपचार नपाएको भन्दै दमनले व्यङ्ग्य गरे । देश कोरोना महामारीसँगै बाढीपहिरोको प्रकोपमा रहँदा सरकार उदासीन रहेको आरोप लगाए ।

उनले भने,‘औषधीउपचार खर्लप्पै नेताले खाए, जनताले पाएनन् ।’ प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले बेसार पानी खान भनेकोतर्फ व्यङ्ग्य गर्दै गीत समेत बजाए ।  कलाकारहरुमा देशको भुभागबारे सामान्य ज्ञान हुन आवश्यक रहेको भन्दै केही कलाकारप्रति व्यङ्ग्य पनि गरे । दमनले डबलीबाट शुरु भएको गाइजात्रा डिजिटलमा प्रवेश गरेकोमा खुशी व्यक्त गरे । उनले टिकटक बन्द गर्न माग गरे । उनले भने, ‘टिकटकले बेथिती ल्याएको छ, हेर्नैनसकिने भइसक्यो अब बन्द गर्नुपर्छ । ’



प्रतिक्रिया दिनुहोस्