Logo

उपत्यकामा एकै दिन ६२ संक्रमित, कोरोनाको जोखिम बढ्यो



काठमाडौं, २० साउन । काठमाडौं उपत्यकामा आज एकै दिन ६२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएको हो ।

उपत्यकामा कोरोना महामारी फैलदै जाँदा आज एकै दिन काठमाडौका ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरमा एक जना संक्रमित थपिएका छन् ।

उपत्यकाका विभिन्न अस्पतालमा कोरोना संक्रमित भेटिएका छन् । उपत्यकामा संक्रमित संख्या फैलदै गएपछि जोखिम बढेको छ ।



प्रतिक्रिया दिनुहोस्