Logo

कोरोना संक्रमणबाट मोरङमा वृद्धको मृत्यु, कुल मृतक संख्या ५८ पुग्यो



काठमाडौं, २० साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङका एक वृद्धको मृत्यु पुष्टि गरेका हुन् ।

मृत्यु हुने ७७ वर्षीय वृद्धको १९ साउनमा मृत्यु भएको हो । उनी ज्वरो तथा स्वासप्रश्वासको समस्या भएपछि कोशी अञ्चल अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको निधन भएको थियो । मृतक मधुमेह तथा उच्च रक्तचापका विरामी थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्