Logo

सकिएन छाँगोबाट शव झिक्न



सिन्धुपाल्चोक, २० साउन: सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ । सोही स्थानका ५५ वर्षीय कामी लामाको शव फेला परेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए ।

उनी यही साउन १९ गतेदेखि हराइरहेका थिए । उनको शव आज छहरे खत्कुलो छाँगोमा देखिएको वडाध्यक्ष लामाले बताए । छाँगो ठूलो भएकाले शव निकाल्न गाह्रो भएको स्थानीयवासीको भनाइ छ । अहिले शव कसरी झिक्न सकिन्छ भनेर स्थानीयवासी लागिपरेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम