Logo

शैलेन्द्र सिंखडाले भने- देशको भु-भाग फिर्ता ल्याउने जङ्गबहादुरलाई अपराधी भनेर पढाइयो, हेर्नुहोस् हाम्रो शिक्षा ? (भिडियोसहित)



काठमाडौं, २० साउन । लोकप्रीय व्यङ्ग्यकार शैलेन्द्र सिंखडाले देशको शिक्षानीतिप्रति तिव्र व्यङ्ग्य छेडेका छन् । उनले देशको भु-भाग फिर्ता ल्याउने जङ्गबहादुर राणालाई अपराधी भनेर पढाइएको भन्दै शिक्षा नीतिको आलोचना गरे ।

आज रिपोर्टर्स क्लब नेपालमा गाइजात्रा विशेषमा बोल्दै सिंखडाले भने, ‘इतिहासमा देशको भु-भाग गुमाएर रातारात सन्धी गरेर आउनेलाई वीर भनेर फुलमाला चढाइदियो, देशको सीमानामा पीलर गाडेर देशको भु-भाग फिर्ता ल्याउने जङ्गबहादुरलाई अपराधी भनेर पढाइयो हेर्नुहोस् हाम्रो शिक्षा !’

फुल बनाउने शिक्षा लिनेले पुल बनाउन खोजेको भन्दै व्यङ्ग्य गरे । उनले भने, हेर्नुहोस् हाम्रो शिक्षा, पढेको छ फुल बनाउने चाहिएको छ पुल बनाउने, पढेको छ महेन्द्र माला हातमा छ गणतन्त्रको ताला ।

देशमा उद्दोगपतिको बेहाल रहेको र नेता मालामाल भएको उल्लेख गरे । राजनीति गरेर कमाउनेको सम्पत्ति देशको ढुकुटीमा जाने कानुन ल्याउने सपुत चाहिएको भन्दै व्यङ्ग्य कविता बाचन गरे ।

‘आधा विश्व थियो दासी हामी स्वतन्त्र भइरह्यौं, विश्व स्वतन्त्र छ अहिले हामी चाहिं दासी भइरह्यौं,’ सिंखडाले भने ।

उनले ऋषि धमलाले भारतसँगको वार्ता पनि मिलाउन सक्ने भन्दै व्यङ्ग्य गरे । उनले भने, ‘मलाई ऋषि धमला मन पर्नुको एउटौ कारण छ किनभने उहाँको नाक हाम्रो देशको लिम्पियाधुरा जस्तै छ ।’



प्रतिक्रिया दिनुहोस्