Logo

स्तनको मुन्टा राम्ररी सफा गरेर मात्र शिशुलाई स्तनपान गराउन आग्रह



काठमाडौ, २० साउन । कोरोना भाइरसको संक्रमण भएका वा आशंका लागेका शिशुका आमालाई दुध चुसाउनु अघि राम्ररी स्तनको मुन्टा सफा गरेर खुवाउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेका छन् । उनले आजको नियमित प्रेस ब्रिफिङमा शिशुको लागि आमाको दुध उत्तम खाना भएकोले स्तनको मुन्टा सफा गरेर चुसाउन आग्रह गरे ।

डा. गौतमले भने, ‘आमाको दुधले नै शिशुको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउछ । आमाको दुधमा शिशुलाई चाहिने सबै पौष्टिक तत्व उपलब्ध हुन्छ ।’

गौतमले कोरोना भाइरसको संक्रमण भए वा आशंका लागेका आमाले बच्चालाई दुध चुसाउनु अघि मिची मिची हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने र माक्स प्रयोग गर्ने साथै दुध चुसाउनु अघि दुधको मुन्टालाई राम्रोसँग सफा गरेर मात्र दुध चुसाउन आग्रह गरेका छन् ।

उनले यदि आमालाई सन्चो नभएमा वा दुध चुसाउन नसकेमा कपमा कचौरामा निकालेर पनि खुवाउन सकिने पनि जानकारी दिए । विश्वभरी अगस्ट महिनाको पहिलो हप्ता स्तनपान सप्ताह मनाइन्छ र नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व स्तनपान दिवस मनाइने गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्