Logo

मासु खाने गाई



गाई शाकाहारी जनावर हो । गाईले घाँस खान्छ । तर आज हामी मासु खाने गाईको बारेमा चर्चा गर्छौ । बढ्दो प्रदुषणको कारण जताततै सडकमा पालिथिन देख्छौ । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोले अहिले सबैको ध्यान तानेको छ । भाइरल भएको भिडियोमा गाईले मासु खाँदै गरेको देख्न सकिन्छ ।

महमराष्ट्रको बुलगाढा जिल्लाको एक गाउँमा घरमा पालेको गाईले २ पटक कुखुराको मासु खाएको हो । मासु खाने गाई किसान बारस लोणाग्रेको हो । गाईको यस्तो इच्छा देखेर सबै मानिस आश्चर्यमा परेका छन् ।

गाईले कुखुराको मासु खाने भन्ने विषयको कसैले एकिन गर्न सकेको छैनन् । मानिसहरु यो समाचार भाइरल भएपछि गाई कसरी मांसहारी भयो भन्नेमा छलफलमा परेका छन् । वैज्ञानिकहरु पनि सोच्न बाध्य भएका छन् । तर जनावरको शरीरमा मिनरल र क्याल्सियमको कमि हुन्छ र जनावरले पनि यस्ता हर्कत गर्न थाल्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्