Logo

कान राम्ररी सुन्न यस्तो जोखिम मोलेपछि…



मानिसको दिमाग बडो विचित्रको हुन्छ । कसले कतिबेला के सोच्छ भन्न नै सकिदैन । एक मानिसले यस्तो गरेर देखाएका छन् जुन कुरा कसैले एकिन गर्न नै सक्दैन । कसैले गर्न र सम्झन नै नसकिने काम एक व्यक्तिले गरेका छन् ।

आजकाल शरीर नै परिर्वतन गर्नसक्ने सम्मका प्रविधि आएका छन् । यसमा मानिसहरु शरीरका अंगहरुलाई परिर्वतन गरेर छुट्टै पहिचान दिइरहेका छन् । अलग्गै पहिचान बनाउनको लागि कसैले अनुहार परिर्वतन गर्छन् भने कसैले ट्याटुको साहारा लिन्छन् । मानिसहरुले आफुलाई अरुभन्दा फरक देखाउन चाहन्छन् ।

अरु भन्दा फरक र राम्रो देखिन चाहाने एक व्यक्तिले आफ्नो दुइटै कानको बाहिरी भाग काटेका छन् । कयी कान काट्ने व्यक्तिको नाम चाल्स हो । उनले सुन्नको क्षमता बढाउन यस्तो हर्कत गरेका बताएका छन् । कानको बाहिरी भाग सबै भागलाई कान भनेर बुझिन्छ । चाल्सले कानको रिमुवल अपरेशन गरेर कानमा प्वाल पारेका हुन् । यस्तो काम गर्न उनले स्वीडेनका मशहुर बडी मोडिफिकेशन कलाकार चाय माइर्बटको सहयोग लिएका थिए ।

यो काम गर्न सजिलो हुदैन । यसमा धेरै जोखिम हुन्छ । अपरेशन गरिदिने चाय माइबर्टले यस बारेमा जानकारी दिदै भनेका छन्, ‘यसको साइड इफेक्ट हुदैन । ’ अपरेसन गरेको २ हप्तासम्म आवाजमा समस्या भएपनि पछि भने सबै सामान्य भएको छ । हाल उनले कान स्पष्टसाथ सुन्न सक्छन । तर बाहिर मानिसहरुले भने उनको निन्दा गरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्