Logo

पत्नीले स्याम्पु किन्न पैसा माग्दा..



विवाहमा पतिले पत्नीका सबै जिम्मेवारी पुरा गर्ने वाचा गरेका हुन्छन्, तर जिन्दगीबीचको यात्रामा यी वाचा कसम भुल्छन् । भारतको अहमदाबादक बावला गाउँमा एक पतिले पत्नीलाई स्याम्पु किन्न पैसा माग्दा नराम्रोसँग सजाय दिएका छन् ।

वास्तवमा एक दिन बिहान पति घरमै थिए र पत्नीले स्याम्पु खरिद गर्न केहि पैसा मागिन् । उनले पतिसँग केहि पैसा मागेकी थिइन् तर त्यो भन्दा धेरै पतिले उनलाई कुट्न सुरु गरे । पत्नीले जब पतिलाई रोक्ने प्रयास गर्थिन् त्यति नै पतिले उनको कपालमा समातेर लडाउँथे ।

श्रीमानले अतिनै गरेपछि हेल्पलाइनमा कल गरिन् र केहि समयमै काउन्सिलर त्यहाँ आइपुगे र श्रीमानलाई सम्झाउन कोशिश गर्न थाले । आफुलाई सम्झाउन खोज्ने काउन्सिलरलाई रिसमा आएर सबैजना घरबाट बाहिर जान भने ।

यसपछि प्रहरी कार्यालयमा पतिमाथी महिलाले घरेलु हिंसाको मुद्दा दर्ता गरिन् । ती महिलाले पटक पटक आफुलाई श्रीमानले पिट्दै आएको र नन्दले पनि भाउजु माथि पिटेको बताएकी छिन् । दूई बच्चाको बारेमा सोचेर महिलाले कुनै कदम नउठाएको पनि बचाएकी छिन् । तर यस पटक भने जोखिम मोलेर नै आफ्नो आवाज उठाएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्