Logo

प्रियंका गान्धीले भनिन्- राम सबमा, राम सबको साथ (वक्तव्यसहित)



एजेन्सी, २० साउन । भारतको अयोध्यामा भोलि राम मन्दिरको भूमिपूजन तय हुँदै गर्दा कँग्रेस आईकी महासचिव प्रियंका गान्धीले उक्त अवसरलाई राष्ट्रिय एकताको अवसर बनाउन भनेकी छिन् । उनले आज वक्तव्यमार्फत् भगवान रामको गाथाबारे समेत उल्लेख गरेकी छिन् ।

प्रियंकाले भनेकी छिन्, ‘सरलता, साहस, संयम, त्याग, वचनवद्धता, दीनबंधु राम नामको सार हो । राम सबमा छन्, राम सबको साथ छन् ।’ उनले रामायणको योगदानको समेत चर्चा गरेकी छिन् ।

भोलि मोदीले राममन्दिरको भूमि पुजन गर्ने तय हुँदा कँग्रेस आईका तर्फबाट गान्धीको धारणा बाहिर आएको हो ।



प्रतिक्रिया दिनुहोस्