Logo

भन्सार छली ल्याउँदै गरेका भैंसी सहित ४ जना पक्राउ



पर्सा, २० साउन । अवैध रुपमा भन्सार छली ल्याउँदै गरेका भैंसी सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका स्थित सडकबाट अवैध रुपामा भन्सार छली ल्याउँदै गरेका करिब ११ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरका भैंसी सहित ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा वीरगंजका संजय राउत, संजय गिरी, पर्सा औराहाका जंग बहादुर राउत र वीर प्रसाद यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.४ च ८३९४ नम्बरको गाडीमा भारतबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेका भैंसी सहित फेला पारी गाडी चालक संजय र गाडीमा सवार अन्य ३ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्