Logo

बलात्कार गरी आफन्तकोमा लुक्दै बसेका व्यक्ति पक्राउ



काठमाडौं,२० साउन । आफ्नै छोरी करणी गरेको अभियोगमा एक बाबु पक्राउ परेका छन् । पोखरा महानगरपालिका ४१ बर्षीय पुरुषलाई आफ्नै १३ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै कैलालीको कैलारी गाउँपालिकाका बिकाश भन्ने निरज चौधरीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बालिकालाई साउन १६ गते जबरजस्ती करणी गरी फरार भएका चौधरीलाई कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा धनगढीमा आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्