Logo

जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ राजनैतिक नक्सा



पाकिस्तान, साउन २१ । पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ। पाकिस्तानी मन्त्रिपरिषद् बैठकले नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति प्रदान गरेको प्रधानमन्त्री इमरान खानले जानकारी दिएका छन्।

पाकिस्तानका सबै विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीरका नेताहरुले यस निर्णयको स्वागत गरेका छन्। ‘पाकिस्तानको नयाँ राजनैतिक नक्साले पाकिस्तानी नागरिकको खुसीलाई प्रतिनिधित्व गर्छ। यसले पाकिस्तान र कश्मीरी नागरिकको सैद्धान्तिक विचारधारालाई समर्थन गर्छ।’ नयाँ नक्सा जारी भएको जानकारी दिँदै इमरान खानले भनेका छन्।

पाकिस्तानले नक्सा जारी गरेको समाचार प्रकाशित र प्रसारित भएसँगै भारतले प्रतिक्रिया दिएको छ। भारतले पाकिस्तानद्वारा जारी नयाँ नक्साको कुनै कानुनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको प्रतिक्रिया दिएको छ।



प्रतिक्रिया दिनुहोस्