Logo

अयोध्याको राम मन्दिरमा जनकपुरधामको माटो र चाँदीको ईट्टा



काठमाडौं, २१ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ गर्दैछन् । उनले १५ मिनेट भुमिपुजा गरी शुभारम्भ गरिरहँदा चाँदीको ईट्टा र माटोबारे समेत चासो भएको छ ।

राम मन्दिरमा जनकपुरधामको माटो र चाँदीको ईंट्टा समेत राखिनेछ । जानकी मन्दिरका महन्थ पनि विशेष कार्यक्रममा अतिथिका रुपमा पुगेका छन् । उनी हिजो त्यसतर्फ प्रस्थान गरेका हुन् । १७५ जना गनेचुनेका अतिथिमध्ये जानकी मन्दिरका महन्थ पनि हुन् ।

भारतीय समय अनुसार दिनको ठिक साँढे १२ बजे भुमिपुजा गर्नेछन् । पुजा १५ मिनेटमा सकिनेछ । मोदी, उत्तर प्रदेशी गभर्नर आनन्दीवेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ र विश्व हिन्दु महासंघका प्रमुख मोहन भागवत र मन्दिर ट्रष्टका अध्यष नृत्य गोपाल दास मञ्चमा हुनेछन् । मोदीले पारिजातको विरुवा रोप्नेछन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्