Logo

मोदीद्वारा अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ



काठमाडौं, २१ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ गरेका छन् । उनले आज भारतीय समय अनुसार १२ बजेर ४४ मिनेट जाँदा ईंट्टा राखेर शुभारम्भ गरेका हुन् ।

१५ मिनेट भुमिपुजा भएको थियो । पुजामा मोदी, उत्तर प्रदेशकी गभर्नर आनन्दीवेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ र राष्ट्रिय स्वयंसेवक संघका प्रमुख डा. मोहन भागवत र मन्दिर ट्रष्टका अध्यक्ष नृत्य गोपाल दास सहभागी थिए ।

पुजामा अतिथिका रुपमा १७५ जना मात्र सहभागी थिए । भारतमा बाबरी मस्जिद भत्काइएको स्थानमा अदालतको आदेश अनुसार मन्दिर निर्माण शुरु भएको हो । हिन्दुहरुले झण्डै पाँच सय वर्ष अघि राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाइएको भन्दै विरोध गर्दै आएका थिए ।
हिन्दु संघ संगठनले श्रीराम मन्दिरलाई सन् १५२८ मा तोडिएको बताउँदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्