Logo

श्रीराम हाम्रो संस्कृतिको आधार- भारतीय प्रधानमन्त्री मोदी



एजेन्सी, २१ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीराम भारतको संस्कृतिको आधार भएको बताएका छन् । आज अयोध्यामा राम मन्दिर निर्माणको आरम्भ गर्दै उनले श्रीरामलाई भारतका मर्यादा भन्दै संस्कृतिको आधार बताएका हुन् ।

‘अस्तित्व मेटाउने कैयौं प्रयास भयो तर राम मनमा बस्नुभयो,’ मोदीले भने, ‘श्रीराम हाम्रो संस्कृतिको आधार, भारतका मर्यादा हुनुहुन्छ ।’ उनले टुट्ने र उठ्ने क्रमसँगै राम मन्दिरको अस्तित्व रहँदै आएकोमा अब कहिले टुट्नुनपर्ने बताए । भारतको आस्थामा राम भएको बताए । राम मन्दिर निर्माण आरम्भको आजको दिन युग युगान्तरसम्म स्मरणीय हुने बताए ।

मन्दिर निर्माणको कार्यलाई आफ्नो देशलाई जोड्ने अवसर र महोत्सव भने । कतिपयलाई यो समय आउला भन्ने पत्यार पनि लागेको थिएन भन्दै निरन्तरको प्रयासले सफलता हासिल भएको बताए । उनले भने, न भुतो न भविष्यती



प्रतिक्रिया दिनुहोस्