Logo

काजोेलले अजय देवगनसँग प्रेमीको गुनासो गर्थिन्



एजेन्सी, २१ साउन । १९७४ मा जन्मेकी काजोलको आज जन्म दिन हो, उनले आज साथीहरु र परिवारको साथमा जन्मदिन मनाइरहेकिछिन् । काजोलले थोरै फिल्ममा अभिनय गरेपनि उल्लेखनीइ फिल्म छन् । आफ्नो करियरको शीर्षमा रहँदा अभिनेता अजय देवगनसँग विवाह गरेकी हुन् ।

काजोल र अजयको जोडीको बेमेल हुने बताउदै धेरै समय नटिक्ने पनि भन्ने गर्थे । काजोल चन्चले, र प्याच्च भन्ने स्वभाव भएकी र अजय रिर्जभ टाइपका व्यक्ति थिए । दुवैजनाको जीवन शैलीमा धेरै भिन्नता थियो, तर अजय–देवगन सबैको अलग धारणालाई गलत साबित गरीदिएका छन्, र आज बलिउडमा उनीहरुको जोडीलाई आदर्श मानिएको छ । हाल सबैले उनीहरुको उदाहरण दिने गर्छन् ।

काजोलको जन्मदिनमा आज हामी एक रोचक किस्साको बारेमा बताउने छौ । उनीहरुको पहिलो भेट कसरी भएको थियो यसको खुलाशा काजोलले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । पोस्टमा काजोलले लेखेकी छिन्, ‘वर्षौ पहिले फिल्म ‘हलचल’को सेटमा हाम्रो पहिलो भेट भएको थियो । म शुटिङको लागि तयार थिए र मैलै सोधे कि मेरो हिरो कहा छन् ? कसैले इशारा गरेर भने कुनामा बसीरहेका हुन् । मैले उनको बारेमा जानकारी हासील गरे र अरु फिल्ममा भेट भयो । १० मिनेटसम्म मैले अजयको बारेमा कुरा गरे । बिस्तारै –बिस्तारै हामी सेटमा कुरा ग¥यौ र साथी बन्यौ । खास कुरा त म त्यसबेला अरु कसैसँग डेट गर्दै थिए । मैलै आफ्नो प्रेमीको कुरा अजय देवगानलाई धेरै चोटी गुनासो गरे । पछि मेरो प्रेमीसँग ब्रेकअप भयो । ’

अजय र काजलले ४ वर्षसम्म एक दोस्रो बीच डेटमा रमाए पछि विवाह गर्ने फैसला गरेका हुन् । अजयको माता पतिा राजी थिए तर काजोलका पिता भने उनीहरुको विवाहलाई लिएर खुशी थिएनन् । उनका पिताले काजोल करियरको शीर्ष स्थानमा रहेको भन्दै विवाह गर्न चाहेका थिएनन् । विवाहको कुरा पिताजीसँग राख्न काजोललाई मुस्किल परेको थियो । काजोलले अजय देवगनसँग विवाह गर्ने फैसला गरेसँगै उनलाई अजयलाई लिएर चेतावनी पनि दिएका थिए । मानिसहरुले भनेका थिए उनको ठुलो नाम छ, तर काजोल भने अजयको अलग्गै साथ पाइन् ।

अजयले पनि काजोल र आफ्ना नातेदारको बारेमा भनेका थिए दुवैमा कहिल्यै पनि एक अर्कालाई आइ लब यु शब्द भनेका छैन् । प्रपोज गर्दा पनि यस्तो कुरा उनीहरुबीच भएन । विवाहा हुने समयमा पनि यो कुरा नै नभएको उनीहरु दुवैले भन्दै आएका छन् । हाल अजय र काजोलको एक खुशी परिवार छ । युग र न्यासा को रुपमा एक छोरा र एक छारी छन् । अजय र काजल एक अर्कालाई धेरै चाहान्छन् ।



प्रतिक्रिया दिनुहोस्