Logo

आमाको परपुरुषसँगको सम्बन्ध छोराले थाहा पाएपछि…



सम्बन्धको डोरो धेरै नाजुक हुन्छ यसैले धेरै सावधानी पुर्वक सम्हाल्नु आवश्यक हुन्छ । किनकी सानो तिनो विषयमा पनि विवाद गर्न सकिन्छ । आज हामी यस्तो विषयको बारेमा चर्चा गर्छौ, जहाँ आफ्नो आमाले अबैध सम्बन्ध राखेका कारण छोराले हत्या गरीदिएका छन् ।

यो घटना पन्डुचेरीको हो । एक दिन एक युवकले प्रहरी समक्ष आफुले आफ्नै आमाको हत्या गरेको बताए । २८ वर्षका युवाको नाम अमलपावाथन हो र उनले कम्प्युटरमा स्नातकसम्मको अध्ययन गरेका छन् । २०१३ मा उनको पिताको निधन भएपछि उनको घरमा विवाद सुरु भएको थियो ।

उनकी जेठी आमा जे सेलभी र दोस्रो आमा जयामारीको बीचमा सम्पत्तीको विवाद चलिरहेको थियो । जे सेलभीलाई जयामारीको हमला गर्ने डरले आफ्नो सुरक्षाको लागि ठुलो दाई मन्निभान्ननको घरमा (जो एक नेता पनि हुन् ) गइरहिन्थन् । उनकी सौता जयामारीलाई रिस उठेर सौताको दाजु मनिभान्नान माथि गुन्डा लगाएर हमला गरीन् ।

जयामारीसहित गुन्डाहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । जमानतमा जेल बाट छुटेकी जयामरी आफ्नो २८ वर्षको छोरा अमलपावनथन संग बस्न लागेकी थिइन् । उनी छोरासँग बस्न थालेपछि हरेक दिन आमा छोराबीच झगडा भइरहन्थ्यो । जयामारीसँग भेट्न हरेक दिन कोहि न कोहि पुरुष आउने गथ्र्यो । उक्त कुरा छोरालाई नराम्रो लागेको थियो । आमासँग रिसाउन थाल्यो ।

आमा जयामारीको रातदिन विवादको कारण आफ्नी श्रीमती छाडेर गएपछि विरक्तिएका अमलपावनले आमासँग रिस उठेको बेलामा आमामाथि कुर्सी प्रहार गरे । आमा ढलेपछि धारिलो हतियारले गला रेटेर आमाको हत्या गरे । आमाको हत्या भएपछि एउटा कोठामा बन्द गरेर शव राखे र आमाको मृत शरीरको नजिक बसेर धेरै दिन खाना खादै आएका उनी आफै प्रहरीको मा गएर आत्मसमर्पण गरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्