Logo

कुकुर बेचेर बैंकको ऋण



सामान्यतया बैंकको ऋण समयमा तिर्न सकेनन् भने बैकका अधिकारीले पैसा असुल्न जग्गा लिलाम गरिहाल्छन् । तर जर्मनीको बैंकले पैसा फिर्ता लिन आश्चर्य लाग्दो तरीका अपनाएको छ । एक सरकारी कलेक्टरेले एक परिवारबाट पैसा फिर्ता लिनलाई उनीहरुको सबैभन्दा बहुमुल्य चीज बेचेर आफ्नो पैसा असुलेको छ ।

एक मिडीया रिर्पोटको अनुसार जर्मनीको पाँच सदस्य भएको एक परिवार ऋणमा डुबेको थियो । केही दिनदेखि कोशिश गर्दा पनि कर्जा चुक्ता गर्न पाएको थिएन् । यसै क्रममा डेब्ट कलेक्टरले उनको घरमा बहुमूल्य चीज खोज्न कोशिश गरे । सबै घर बेच्दा पनि उनीहरुले लिएको कर्जा चुक्ता गर्न सक्दैनथे । खोजी गर्ने क्रममा डेब्ट कलेक्टरले कुकुर देखे । कुकुरमा उनको ध्यान गयो ।

उक्त परिवारमा एक महंगो कुकुर पालिएको थियो । कुकुरको मुल्उ ८५० अमेरिकी डलर पथ्र्यो । डेब्ट कलेक्टरले कुुकुरलाई ईबेमा बेचेर आफ्नो पैसा फिर्ता लियो । तर बैंकले यसरी पैसा चुक्ता गरेकोमा जनावरको अधिकारकर्मी र स्थानिय मानिसहरु भने रिसाएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्