Logo

सडक विस्तारको विरोधमा बालाजुमा नारा : गाईजात्रे सरकार मुर्दावाद



साउन २१, काठमाण्डौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित बालाजु–बाइपास सडक विस्तारको स्थानीयहरुले विरोध गरेका छन् । सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त सडकमा रहेका घरहरु भत्काउदै विस्तारकार्य अघि बढाएपनि स्थानीयहरुले विरोध गरेका हुन् । यसअघि मंगलबार गाईजात्राको दिन सो घर भत्काएर सडक विस्तारका लागि मार्ग प्रशस्त गरिएपनि अवरोध गरेका थिए ।

तर बुधबार पीडित भनिएका केहि स्थानीय र केही अभियन्ताले बुधबार डोजर लगाइएको क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरुले जनप्रतिनिधिले शक्तिको आडमा जबरजस्ती घर भत्काएको भन्दै बालाजु चौकीमा समेत धर्ना दिएका छन् ।

नेवा भूमि लुट्न बन्द गर’ ‘पृथ्वीनारायणको आक्रमण इन्द्रजात्रामा, जनप्रतिनिधिको आक्रमण गाईजात्रामा’ ‘गाईजात्रे सरकार मुर्दावाद’, लगायतका नारा अंकित प्लेकार्ड बोकेर विरोध प्रदर्शन भएको थियो । उनीहरुले सडक बिस्तारको विरुद्धमा रिले अनसन बस्ने चेतावनी पनि दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्