Logo

केपी ओलीजति माहिर ‘पोलिटिसियन’ नेपालमा कोही जन्मिएकै छैन : डा. सुन्दरमणि दिक्षित (भिडिओसहित)




प्रचण्डको कमजोरी देखेर रुन मन लाग्छ 

काठमाडौं, २२ साउन । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले उनले आफूले आजभन्दा २० दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कामै गर्न नसकेको भनेर हटाउन भनेको भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु कसैले पनि ओलीसामू चुईँक्कपनि बोल्न नसकेकोले आफूले ओलीको विकल्प नदेखेको स्पष्ट पारे । उनले यो सरकार हाँक्न ओलीबाहेक अरु कुनै विकल्प नरहेकोपनि जिकिर गरे । तर, सरकार पटक पटक चुकेको उनको आरोप छ ।

बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दिक्षितले यस्तो बताएका हुन् । उनले नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल मिलेर जान असम्भव रहेको ठोकुवा गरे । उनले भने-“ओली र प्रचण्ड दुवै जना मिलेर जानै सक्दैन् । किन नाटक गरिरहेका छन् ? यो हामीले बुझ्न सकेका छैनौं । प्रचण्ड भावुक हुनुहुन्छ । प्रचण्डजी योद्धा हो । तर, उहाँमा पोलिटिक्सको बांगोटिंगो बाटोको त्यति अनुभव चाहीँ रहेनछ है । ओलीजी माहिर पोलिटिसियन । नेपालमा ओलीजीजति माहिर पोलिटिसियन अहिलेसम्म कोही जन्मिएका छैनन् । न विपी कोइराला ।”

आफूले कोरोना संक्रमणको जोखिमबारे सुरुमै खतरा औंल्याउँदापनि सरकारले कुनै सुनुवाई नगरेको स्पष्ट पारेका छन् । उनले भने,”केही कारणले उहाँ (प्रधानमन्त्रीजीले) मेरो कुरा सन्नुभएन, सुनिदिएको भए आज सायद हामी यो संक्रमणको जोखिममा पर्दैनथियौं । उनले लकडाउन गरेर मात्रै समस्याको समाधान नहुने रैछ भन्ने कुरा यसअघि नै पुष्टि भैसकेको सुनाए । सरकारले कोरोना छरिदिएको उनको गम्भीर आरोप छ ।”



प्रतिक्रिया दिनुहोस्