Logo

ओली-प्रचण्ड भेटवार्ता हुँदै



काठमाडौं, २२ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । आज पनि दुई अध्यक्षबीच पार्टीको विवाद मिलाउनेबारे छलफल हुने भएको हो ।

आज ओलीसँग भेट्नुअघि प्रचण्डले उनी निकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई भेटेका छन् । नेम्वाङ सहमतिको बिन्दु तयार गर्न सक्रिय रहँदै आएका छन् ।

हिजो ओलीले आफ्नो समुह भेला गरी ओलीप्रति कडा अभिव्यक्ति दिएका थिए । उनले कुनैपनि बेला पार्टी फुट्न सक्ने समेत औल्याएका थिए । यसले नेकपा निकै संकटमा पुगेको सन्देश गएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्