Logo

प्रचण्डको सुरक्षाकर्मीलाई कोरोना संक्रमण



काठमाडौ, २२ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । बुधवार दाहालको परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परिक्षण गरेकोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ जनालाई संक्रमण देखिएको हो ।

प्रचण्डको परिवारको कुनै पनि सदस्यमा संक्रमण नभएको बुझिएको छ । संक्रमित मध्ये ६ जना सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मी बाहिरी सुरक्षामा खटिनेहरु भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्