Logo

कोरोना संक्रमित प्रदेशमन्त्री ज्ञानेन्द्रले प्रधानमन्त्रीलाई भेटेको खुलासा



काठमाडौं, २२ साउन । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादबलाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई संक्रमण भई अस्पताल भर्ना भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमित यादवले गत साता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलेको छ । उनले गृहमन्त्री रामबहादुर थापा लगायतलाई भेटेका थिए । भेटको तस्बिर पनि छ । भेटमा गृहसचिव महेश्वर न्यौपाने, आइजीपी शैलेश थापा क्षेत्री लगायत पनि थिए ।



प्रतिक्रिया दिनुहोस्