Logo

काठमाडौं उपत्यकामा एकैदिन ८७ जना संक्रमित थपिए



काठमाडौ, २२ साउन । काठमाडौं उपत्यकामा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्म उपत्यकामा एकैदिन थपिएको सर्वाधिक सख्या हो । उपत्यकामा संक्रमित थपिएसँगै सरकारले कोरोना रोकथामका लागि कडा कदम चाल्ने तयारी गरेको छ ।

सरकारले सवारीमा जोर विजोर प्रणाली लागु गरेपनि संक्रमितको सख्या उपत्यकामा निरन्तर बढिरहेको छ । योसँगै उपत्यकाको निश्चित स्थानमा निषेधाज्ञा जारी हुनसक्ने बुझिएको छ ।
आज थपिएका मध्ये काठमाडौंमा ७६ जना, ललितपुरमा १० जना र १ जना भक्तपुरका रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । आज ६ हजार ६ सय २२ जनाको पिसीआर जाँच गर्दा ३ सय ६० जनाको रिर्पोट पोजेटिभ आएको गौतमले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्