Logo

सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण बढ्यो



काठमाडौं, २२ साउन । सुरक्षाकर्मी र निजामती कर्मचारीमा कोरोना संक्रमण बढेको छ । पछिल्लो समय थपिएका संक्रमित मध्ये अधिकांश नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका कर्मचारी रहेका छन् । सिंहदरबार, प्रहरी मुख्यालयदेखि अख्तियारसम्म संघिय संसदका कर्मचारीमा समेत संक्रमण भेटिएको छ ।

नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । नेपाल कम्युनिस्ट पार्र्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिने ६ जना सुरक्षाकर्मी रहेका छन् । संघिय संसदका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी हेडक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ । देशभर कोरोना भाइरसको संक्रमण हुने प्रहरीको सख्या ३१९ जना रहेको छ । १ सय १९ जना प्रहरी डिस्चार्ज भएर काममा फर्किसकेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये धेरै सुरक्षाकर्मी रहेका छन् । यसअघि अख्तियारमा १५ जना कर्मचारीलाई संक्रमण देखिएको थियो । योसँगै अख्तियारमा कोरोना संक्रमित हुनेको सख्या ३५ पुगेको छ । अख्तियारमा थुनुवा र संक्रमितको कन्ट्राक्ट टे«सिङ गर्दा नजिक रहेका कर्मचारीको परीक्षणका लागि स्वाब संकलन गरेको थियो ।

त्यस्तै इलाममा सशस्त्र प्रहरी बलको हेडक्वाटर नम्बर १ गणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्