Logo

जुवाडे पक्राउ



काठमाडौं, २२ साउन । तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । काठमाडौंको कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा र सोही ठाउँ बस्ने गोरखाका तोपबहादुर गुरुङ समेत १० जनालाई नगद १ लाख ८५ हजार ९ सय ४० रुपैयाँ र ६ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्