Logo

आमालाई कुटपिटबाट हत्या गरी खोलामा फालेका छोरा पक्राउ



दार्चुला, २२ साउन । आफ्नै आमाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । दुहु गाउँपालिका चौपातीका नर बहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारु देवी बमको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै आमालाई कुटपिटबाट हत्या गरी घरबाट करिब ५० मिटर टाढा खोला नजिक फालेका बमलाई प्रहरी चौकी ब्रम्हदेव र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्