Logo

खरबारीमा महिलामाथि बलात्कार



काठमाडौ, २२ साउन । जबरजस्ती करणी गरेको अभियोगमा दुईजना ठेकेदार पक्राउ परेका छन् । डोल्पाको जगदुल्ला झ्याकोटस्थित भवन निर्माण सम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट घर भएका कर्ण बहादुर महतरा र अंगत बहादुर महतरालाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेका २ जनालाई ईलाका प्रहरी कार्यालय काईगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

त्यस्तै ओखलढुंगा, मानेभन्ज्याङ रमेश राईलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ । साउन १७ गते सोही ठाउँस्थित खरबारीमा ती महिलालाई जबरजस्ती करणी गरेका राईलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्