Logo

जबरजस्ती करणी उद्योगका अभियुक्त पक्राउ



सुनसरी,२२ साउन । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बालकृष्ण यादव पक्राउ परेका छन् । सुनसरी देवानगञ्जंका यादवलाई किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार राति जबरजस्ती करणी उद्योग गरेकायादवलाई ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । सोही घटनामा संलग्न फरार रहेका प्रदिप यादवको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्