Logo

राम मन्दिरको भुमि पुजाबारे रामायणका ‘सीता’ र ‘राम’ले मुख खोले



एजेन्सी, २२ साउन । अयोध्यामा हिजो मात्र राम मन्दिरको भुमि पुजा भयो र यसको शिलन्यास भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरे । राम मन्दिरको शिलन्यास भएकोमा रामायणकी सीताकोे भुमिका गर्ने कलाकार दीपिका चिखलिया पनि खुशी भएकी छिन् ।

दिपिकाले मंलबार इन्स्टाग्राममा एक पोस्ट गर्दै लेखेकी छिन्, ‘आज रामको जन्मभुमि को शिलन्यास धेरै सान्दार अनुभव भइरहेको छ । दिवाली यो वर्ष छिटो आएको महसुस भएको छ ।’

उहि रामायणमा रामको भुमिका निभाउने कलाकार अरुण गोविलले पनि यस विषयलाई लिएर ट्विट गरेका छन् । उनले लेखेका छन्, अयोध्यामा राम मन्दिरको लागि वर्षौ सम्म लगातार संघर्ष गरेर भुमि पुजा गर्ने सबै राम भक्तलाई कोटी कोटी नमन । सबैको महान प्रयासले यस्तो सौभाग्य प्राप्त भयो जय श्री राम । ’

कोरोना भाइरसको कारण लकडाउनको समयमा मानिसहरुको मागलाई ध्यानमा राखेर ‘रामायण’ प्रसारण गरिएको थियो । उक्त प्रसारण पछि रामायण फेरी एकपटक चर्चामा आएको हो ।

 



प्रतिक्रिया दिनुहोस्