Logo

टेलिभिजन अभिनेता समीर शर्माद्वारा आत्महत्या



एजेन्सी, २२ साउन । मनोरञ्जनको दुनियाँ हेर्दा र भोग्दा फरक हुन्छ । त्यहाँ धेरै समस्याहरु व्याप्त छन् जसले गम्भीर दुर्घटनाका खबर ल्याइरहन्छ । आत्महत्याको घटना सुनिने क्रम जारी छ । यस्तै अर्को घटना भएको छ ।

टिभीको दुनियाँमा चर्चित अभिनेता समीर शर्माले आत्महत्या गरेका छन् । ४४ वर्षको उमेरमा उनले आफ्नो जिन्दगी सकाएका छन् । समीरको शव घरकै किचेनको पंखामा झण्डिएको अवस्थामा भेटिएको थियो । तर उनले किन आत्महत्या गरे भन्ने बारेमा हालसम्म पत्ता लागेको छैन । अरुले जस्तो उनले कुनै सुसाइड नोट छाडेका छैनन् । समीर सानो पर्दाका लोकप्रिय कलाकार थिए । २ सिरीयल्समा ‘ये रिस्ते हैं प्यार के’, ‘कहानी घर घर की’ पनि अभिनय गरेका थिए ।

समीरले यसै वर्षमात्र फेब्रुअरीमा घर भाडामा लिएका थिए । रातको समयमा चौकिदार राउन्डमा ड्युटीमा हुदाँ समीरको फ्यान झुण्डिएको देखेपछि उनले सबैलाई जानकारी दिएका थिए । २ दिन अघि समिरले आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ । अहिलेसम्म कतैबाट पनि उनको सुचना प्राप्त गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्