Logo

राधा–कृष्णको कारण आज पनि वैवाहिक सम्बन्ध बन्द



हामी दुनियाँको यस्तो गाउँको बारेमा जानकारी दिनेछौ जहाँ पछिल्लो केही वर्षदेखि पुरानो परम्परा पालना गरिन्छ । वास्तवमा यी दुई गाउँको सम्बन्ध भगवान श्रीकृष्णबाट भएको हो । नन्द गाउँ र बरसाना गाउँ यी दुई गाउँ जसको बारेमा आज हामी चर्चा गर्न जानेछौ ।

ती दुई गाउँमा आश्चर्य लाग्दो परम्परा चलिआएको छ । यी दूई गाउँबीचका मानिसहरुले वैवाहिक सम्बन्ध जोड्न चाहादैनन् । वास्तवमा भगवान कृष्ण र राधा रानीको प्रेम चलेका कारण त्यहाँका मानिसहरु यो परम्परा मान्दै आएका छन् । बरसानाका निवासीले श्रीकृष्ण भन्दा अरु कोही ज्वाई हुन सक्दैन र ठिक त्यस्तै नन्दगाउँकी बुहारी मात्र राधा रानी हुने मान्यता राख्दै आएका छन् ।

स्पष्ट शब्दमा भन्दा नन्दगाउँ र बरसानाका मानिसहरुले राधा–कृष्णको प्रेम बचाइराख्नको लागि यस्तो गरेका हुन् । गाउँवासीका यस्तो मान्यता छ कि यदि दुई गाउँमा आपसमा वैवाहिक सम्बन्ध जोडेमा राधा –कृष्णको प्रेम धमिलो हुनेछ ।

बरसाना गाउँका ठुला र जेष्ठ नागरिकहरुले नन्दगाउँलाई राधा रानीको घर मान्दै आएकाले त्यहाँको पानीसम्म पिउदैनन् । र बरसानामा नन्दगाउँबाट आएका कुनै पनि व्यक्तिलाई खाली हात बिदा गर्दैनन् ।

पछिल्लो ५ हजार वर्षबाट नन्दगाउँ र बरसानाको बीचमा कसैले पनि विवाह हुँदैन, तर दुवै घरको भलिभाती निभाउने गर्छन् । नन्दगाउँका युवाहरुले यस्तो मान्छन् कि बरसाना उनीहरुको घर ससुराली हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्